चुनाव केन्द्रित गतिविधिमा व्यस्त प्रदीप यादव, जनमत जुट्दै
क्षेत्र नम्बर १ मा पर्ने वीरगञ्ज महानगरपालिकाका वडाहरुमा जनता भेटघाट कार्यक्रमलाई निरन्तरता दिँदै जसपाका उम्मेदवार यादवले आफू सांसद् र छोटो समयका लागि मन्त्री हुँदा पनि आफ्नो क्षेत्र र समग्रमा पर्सा जिल्लामा भ्याएसम्म विकास निर्माणका योजनाहरु ल्याएको र पूरा समेत गरेको दावी गरे । आगामी दिनमा बाँकी रहेको काम सम्पन्न गर्न आफूलाई निर्वाचित गराउन मतदातासँग उनले आग्रह गरे ।