विजनेश

चुहावट नियन्त्रणमा कडाई गरेपछि राजस्व कार्यालय पथलैयाको राजस्व वृद्धि

१७ फागुन २०८०, बिहिवार
अघिल्लो आर्थिक वर्षको ६ महिनामा संकलित राजस्व भन्दा चालु आर्थिक वर्षको सोही अवधिमा करिब ३७ लाख रुपैया बढी राजस्व संकलन भएको देखिएको हो । कार्यालयका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा राजस्व चुहावट तर्फ १ करोड ५७ लाख ४० हजार रुपैया संकलन गरिएको छ । सोही अवधिमा गत आर्थिक वर्ष १ करोड २० लाख १० हजार रुपैया संकलन भएको थियो ।

सुवोध गुप्ताको कार्यकालमा वीरगन्ज उद्योग वाणिज्य संघ पहिलो पटक घाटामा

२४ माघ २०८०, बुधवार
वीरगन्ज उद्योग वाणिज्य संघले सर्टिफिकेट अफ ओरिजन (सी.ओ)बाट नै मूख्य आम्दानी गर्ने गरेको छ । आर्थिक वर्ष २०७८/७९ मा संघले सीं.ओ.बाट १ करोड ९६ लाख ५८ हजार रुपैया आम्दानी गरेको थियो । तर, आर्थिक वर्ष २०७९/८० मा सी.ओ.बाट हुने आम्दानी झन्डै एक करोड रुपैयाले घटेको पाइएको छ ।