हमार वीरगन्ज Admin

नेकपा एकीकृत समाजवादीले नयाँ मन्त्रीको नाम टुंगो लगायो

२०७९ जेठ २२
सचिवालय समितिको निर्णयअनुसार एकीकृत समाजवादीले जीवनराम श्रेष्ठलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणी चौधरीलाई शहरी विकासमन्त्री, शेरबहादुर कुँवरलाई श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री र हिराचन्द्र केसीलाई स्वास्थ्य राज्यमन्त्रीका रुपमा सरकारमा सहभागी गराउने भएको छ ।

मन्त्री हेरफेरबारे एकीकृत समाजवादीको सचिवालय बैठकमा छलफल २०७९ जेठ २२

मन्त्रीहरू हेरफेर गर्ने वा नगर्ने शीर्ष नेताहरूसँग छलफल गरेर अध्यक्ष माधवकुमार नेपालले नै निर्णय गर्ने उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिए। उनकाअनुसार मन्त्रीहरूलाई सरकारमा पठाउँदा छ महिनाको समय दिइएको थियो।‘हामीले छ महिनाका लागि भनेर मन्त्रीहरू पठाएका थियौं। छ महिनाभन्दा बढी भइसक्यो। मन्त्रीहरूसँग बसेर यसबारे छलफल गर्छौं,’ सचिवालय बैठकपछि आज उनले पत्रकारहरूसँग भने, ‘शीर्ष नेताका बीचमा समझदारी भएर उपयुक्त ठानेमा अध्यक्षले आवश्यक निर्णय लिनुहुन्छ।’