काठमाडौंबाट जहाज उडेपछि पछिल्लो टायरका केहि पार्टपुर्जा धावनमार्गमा भेटिएको थियो। लगत्तै टावरले उक्त जहाजलाई फिर्ता हुन निर्देशन दिएको थियो। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित नागरिक उड्यान कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले भद्रपुर उडेको जहाजको पाङ्ग्रामा समस्या आएपछि जहाज फिर्ता गरिएको बताए।
निर्वाचनको मिति सार्वजनिक भएसँगै परिवर्तन चाहने युवा भएकाले उनले आफ्नो उम्मेदवारी दर्ता गराइन् । आइटी कम्पनीमा करिब डेढ वर्ष काम गरेकी उनी वडा सदस्य हुनुअघि मासिक ४० हजार तलबमा काम गर्थिन् ।