एमालेको जनता दर्शनमा व्यापक जनसमर्थन

जनतासंग बीरगंजको समृद्धिको लागि एमालेको उम्मेदवारहरुलाई जिताउनको लागि आग्रह गरेको समेत थिए ।  


वीरगञ्ज २१ बैशाख : आगामी ३० गते हुने स्थानीय तहको निर्बाचनको लागि बीरगंज महानगरपालिकामा चुनावी प्रचार अभियानले निकै चर्चा चल्न थालेको छ । स्थानीय तहको निर्बाचनको मिति जुन अनुपातमा नजिक आउँदै छ सोही अनुपातमा प्रचार अभियानले तिब्रता पाउन थालेको हो । निर्बाचनको लागि दलका उम्मेदवारहरुले जसरी पनि जित्नै पर्ने गरि आफुले भ्याए सम्मको अभियान शुरु गर्न थालेका छन । प्रचार अभियानले तिब्रता ल्याएसंगै अव कस्को पल्ला भारी भन्ने सम्बन्धमा अनुमान समेत लगाउन थालिएको छ ।
बुधबार एमालेले आयोजना गरेको घर दैलो तथा जनता दर्शन कार्यक्रममा एमालेका उम्मेदवाहरुलाई जिताउनको लागि उर्लिएको जनताको आकार्षणले एमालेको उम्मेदवार निर्बाचित हुने कुराको अनुमान लगाउन थालिएको हो । आज एमालेको वडा नम्बर ३, ९ र १३ एवं १४ लगायतका वडाहरुमा आयोजना गरेको घर दैलो कार्यक्रममा हजारौंको सहभागिताले एमालेको उम्मेदवारलाई बलशाली बनाएको हो । घर दैलोमा एमालेका मेयर पदका उम्म्ेदवार बिजय कुमार सरावगी, उप प्रमुखका उम्मेदवार लोसपाका पुरुषोत्तम लाल झा वडा अध्यक्षका उम्मेदवारहरु सुशिल कुमार कन्ठ (बमबम), मिनाक्षी गुप्ता, हिरा गिरि, भरत कुर्मी लगायतको सहभागिता रहेको थियो । उनीहरुले जनतासंग बीरगंजको समृद्धिको लागि एमालेको उम्मेदवारहरुलाई जिताउनको लागि आग्रह गरेको समेत थिए ।

 

प्रतिक्रिया दिनुहोस्