कांग्रेसले मात्र छिपहरमाईको विकास गर्न सक्छ : नविन सिंह

सबै विकृतिको अन्त्य र विकासमा छिपहरमाईलाई अगाडि बढाउन कांग्रेसका उम्मेदवारलाई विजय बनाउन सिंहले आग्रह गरेका थिए ।

भिस्वा – पर्साको छिपहरमाई गाउँपालिकाको मिर्जापुरमा बुधबार रात्रि सभाको आयोजना गरिको छ । रात्रि सभामा एमाले र जसपा परित्याग गरि १५१ जना कांग्रेस प्रवेश गरेका थिए । छिपहरमाई गाउँपालिकाको कांग्रेसबाट अध्यक्षका उम्मेदवार नविन सिंहले कांग्रेस नजितुन्जेल छिपहरमाईको विकास नहुने दाबी गरे । यस अघि गाउँपालिकामा विजयी भएकाहरुले बजेट दरुपयोग मात्र गरेको उनले खुलाए ।  पछिल्लो समय गाउँपालिकामा जनप्रतिनिधीकै संलग्नतामा सामाजिक विकृति समेत मौलाएको उनले सभामा चर्चा गरेका थिए ।

गत पुसमा स्वास्थ्य चौकीमा कार्यरत महिला स्वास्थ्यकर्मीहरुले जनप्रतिनिधी विरुद्ध इलाका प्रहरी कार्यालय पोखरियामा उजुरी समेत दिएका थिए । करारमा कार्यरत महिला स्वास्थ्यकर्मी शोषण परेको खुलासा भएको थियो । सबै विकृतिको अन्त्य र विकासमा छिपहरमाईलाई अगाडि बढाउन कांग्रेसका उम्मेदवारलाई विजय बनाउन सिंहले आग्रह गरेका थिए । वैशाख १२ गतेको उम्मेदवार मनोनयनपछि सिंहको घरदैलो कार्यक्रममा जनताको व्यापक जनसमर्थन देखिएको स्थानीयले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्