वीरगन्ज महानगरपालिका वडा नं. ११ मा नेकपा (एस) को घरदैलो

जनता समाजवादी पार्टी (जसपा) बाट वडाध्यक्षको टिकटको आकांक्षी रहेका महतोले अन्तिम समयमा टिकट नपाएपछि पार्टी परित्याग गरेका थिए ।

वीरगन्ज महानगरपालिका वडा नं. ११ मा नेकपा (एस) को घरदैलो

वीरगन्ज–वीरगन्ज महानगरपालिका वडा नं. ११ श्रीपुरमा नेकपा एकीकृत समाजवादी (एस) पार्टीका वडाध्यक्ष सत्यनारायण महतो नेतृत्वको टोलीले घरदैलो अभियानलाई तीव्र बनाएको छ । बिहीबार वडाध्यक्ष महतो, महिला सदस्य मैनादेवी साह कानु, दलित महिला सदस्य रामराजी देवी, सदस्य अब्दुल सलाम सवारी, सदस्य राजदेव साह कानु लगायतका कार्यकर्ताहरुले घरदैलोमा पुगी मत मागेका थिए । जनता समाजवादी पार्टी (जसपा) बाट वडाध्यक्षको टिकटको आकांक्षी रहेका महतोले अन्तिम समयमा टिकट नपाएपछि पार्टी परित्याग गरेका थिए । जसपाले अघिल्लो निर्वाचनमा पराजित उम्मेदवार अजय चौरसियालाई नै फेरि वडा ११ को टिकट दिएको छ । स्थानीयका अनुसार वडा नम्बर ११ मा राम्रो छवि बनाएका सत्यनारायण महतो प्रति जन लहर बढ्दो छ ।

प्रतिक्रिया दिनुहोस्