पछिल्लो २४ घन्टामा देशभर थप १९ जनामा कोरोना संक्रमण पुष्टि

देशभरबाट ३४ सय ५३ नमूना परीक्षण गर्दा १९ जनामा संक्रमण देखिएको छ।

काठमाडौं - पछिल्लो २४ घन्टामा थप १९ जनामा कोरोना संक्रमण देखिएको छ।
देशभरबाट ३४ सय ५३ नमूना परीक्षण गर्दा १९ जनामा संक्रमण देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २१६२ नमूनाको पीसीआर र १२९१ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गराइएको थियो।

जसमध्ये पीसीआरबाट ११ र एन्टिजेन विधिबाट ८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।आज कोरोनाबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ।
आइतबार थप १२ जना डिस्चार्ज भएका छन्।
हाल कोरोनाका सक्रिय संक्रमितको संख्या १०६ रहेको मन्त्रालयले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्