रसायनीक मल उपलब्ध गराउन बिन्दवासनी अध्यक्षको मागं

प्रजिअ उमेश कुमार ढकाललाई ज्ञापन पत्र बुझाउदै अध्यक्ष तिवारीले धान रोपाई भईसकेको समयमा अभाव भएकोले मल उपलब्ध गराउन माग

वीरगञ्ज –पर्साको विन्दवासिनी गाउँपालिकाका अध्यक्ष प्रमोद तिवारीले रसायनीक मल उपलब्ध गराउन माग गर्नुभएको छ ।शुक्रबार पर्साको प्रमुख जिल्ला अधिकारि उमेश कुमार ढकाललाई ज्ञापन पत्र बुझाउदै अध्यक्ष तिवारीले धान रोपाई भईसकेको समयमा अभाव भएकोले किसानलाई यथा सिघ्र मल उपलब्ध गराउन माग गर्नुभएको हो ।
नेपालमा ८० प्रतिशत जनता कृषि पेशामा नै आधारित रहेको र राज्यले समेत बर्षेनी अर्बो रुपैया छुट्याउने गरेको तर समयमा कृषकहरु मल नपाउन सकेको प्रति आपति जनाउनुभाएको छ । उहाले आर्थीक बर्ष २०७८/७९ मा १५ अर्ब रुपैया बिनियोजन भएको तर समयमा मल खरिद नहुदा मुलुक भरी नै मलको हाहाकार मचेको बताउनुभयो ।
पर्साको १४ वटै पालिकामध्ये विन्दवासिनी गाउँपालिकाका किसानले मल नपाएर छटपटी रहेको प्रमुख जिल्ला अधिकारि ढकाललाई जानकारी गराउनुभयो । कृषि सामग्री संस्थान र साल्टट्रेडिंगले विन्दवासिनी गाउँपालिका संग कुनै समन्वय नगरी ५५० बोरा डिएपी र युरिया कृषि ज्ञान केन्द्र पर्सा मार्फत सामाजिक सञ्चालमा जानकारी गराई बिभिन्न सहकारी संस्थाहरुलाई वितरण गरेको प्रति गाउँपालिका अध्यक्ष तिवारीले आपति जनाउनुभयो ।

किसानलाई धान रोपाईको समयमा नै आवश्यकता अनुसारको मल नपाउदा धान उत्पादनमा ह्रास आउँन सक्ने तिवारीले भन्दै चिन्ता व्यक्त गर्नुभयो । किसानले बोर्डर पारि बाट आफ्नो कामको लागी समेत मल ल्याउदा सिमानाकामा खटिएको प्रहरीले खोस्ने गरेको र किसानहरुलाई दुख दिने गरेको प्रति गाउँपालिका अध्यक्ष तिवारीले प्रमुख जिल्ला अधिकारि ढकाललाई ध्यानआकर्षण गराउनुभयो । उहाले समयमा किसानलाई मल उपलब्ध भएन भने बाध्य भएर किसानहरु आन्दोलन गर्ने र त्यस बाट हुने क्षतिको जिम्मेवारी राज्य हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्