मलका लागि मेयरको दौडधुप

वीरगन्जका किसानले थप मल पाउने

वीरगन्ज– वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले मंगलबार कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक राजेन्द्र कार्कीसँग यहाँका किसानलाई थप रासायनिक मल उपलब्ध गराउन विशेष अनुरोध गरेका छन् । मलको हाहाकार खेपिरहेका वीरगन्जका किसानलाई सधैँ सहज रुपमा मल आपूर्तिको प्रबन्ध गर्ने प्रणाली व्यवस्था गर्न मेयर सिंहले अनुरोध गरेका हुन् । काठमाडौँ पुगेर मेयरले कृषि सामग्री कम्पनी लिमिटेडका एम.डी. कार्कीलाई भेटेर आवश्यक सहयोग र समन्वय गर्ने समझदारी गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्