संदिपकोे पक्षमा वीरगंजमा उठयो आवाज

लामिछानेका समर्थकहरुले घण्टाघरमा बिभिन्न नारा लगाउदै प्रर्दशन गरेका छन ।


वीरगञ्ज - बलात्कारको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान संदिप लामिछानेको पक्षमा वीरगंजमा प्रर्दशन गरिएको छ। संदिप लामिछाने समर्थककोे आहवानमा लामिछानेको पक्षमा आज प्रर्दशन गरिएको हो ।लामिछानेका समर्थकहरुले घण्टाघरमा बिभिन्न नारा लगाउदै प्रर्दशन गरेका छन । सर्मथकहरुले “सत्य तथ्य घटनाको छानबिन गर, गैर जिम्मेवारी अनुसन्धान गर्न पाईदैन ,जस्टीस फर संदिप लामिछाने, संदिप माथि षड्यन्त्र र जालसाल गर्न पाईदैन ,नाबालिक भनिएका पिडितलाई सार्वजनिक गर” लगायतका प्लेकार्ड बोकि नारा लगाएका थिए । सागर लामाको नेतृत्वमा गरिएको बिरोध प्रर्दशनमा बिशाल सर्राफ,संदिप साह, धर्मेन्द्र पटेल ,मेराज हासमी लगायत दर्जन भन्दा बढि युवाहरुको सहभागिता थियो । संदिप बिरुद्ध एक १७ बर्षिय युवतीले जबरजस्ती करणीको आरोपमा भाद्र २२ गते जिल्ला प्रहरी परिसर काठमाडौंमा किटानी जाहेरी दिएकि छिन ।

प्रतिक्रिया दिनुहोस्