जसपाकी प्रदेश सभा सदस्य डा. अन्जु यादव नेकपा एमाले प्रवेश

यादवलाई पुर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले फुलमाला लगाई पार्टीमा स्वागत गरे हुन

वीरगञ्ज - जसपाका प्रदेश सभा सदस्य डा. अन्जु यादव नेकपा एमाले प्रवेश गरेकि छिन । आज जनकपुरमा आयोजित बिशाल पार्टी प्रवेश कार्यक्रममा जसपाकि केन्द्रिय सदस्य समेत रहेकि यादव एमाले प्रवेश गरिकि हुन ।
यादवलाई पुर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले फुलमाला लगाई पार्टीमा स्वागत गरेका थिए । यादव तत्कालिन राजपाबाट प्रदेश सभा सदस्य बनेकि थिईन । राजपा र संघिय समाजवादी फोरम एकिकरण भई जसपा पार्टी निर्माण भई पुनः पार्टी बिभाजन हुदा यादव जसपामै बसेकि थिइन ।
कार्यक्रममा एमालेका केन्द्रीय सचिव एवम् मधेस प्रदेश ईन्चार्ज रघुबिर महाशेठ र जिल्ला कमिटी अध्यक्ष राजकिशोर यादवले ओलीलाई २०५ किलोको माला लगाएर स्वागत समेत गरेका थिए।
उक्त कार्यक्रममा पोलिटब्यूरो सदस्य जुली महतो, ज्वाला साह, अछुत मैनाली, केन्द्रीय सदस्य राजकुमार गुप्ता, प्रभु हाजरा, प्रदेश सह सचिव आरती भन्डारी लगायत स्थानिय नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्