साहले गरे प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दर्ता

जसपाले टिकट नदिएपछि नेता गौरीशंकर साहले नेपाल सुशासन पार्टीबाट उम्मेदवारी दिएका हुन्।

वीरगञ्ज – जनता समाजवादी पार्टी (जसपा) बाट टिकट नपाएपछि नेता गौरीशंकर साहले प्रदेशसभा सदस्यका लागि नेपाल सुशासन पार्टीबाट उम्मेदवारी दिएका छन् ।
साहले पर्साको निर्वाचन क्षेत्र नम्बर ३ को (ख) मा प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएका हुन् । जसपा र एमाले बिचको गठबन्धनमा उक्त क्षेत्र जसपाको भागमा परेपछि साहलाइ टिकट नदिएर मधु गुप्तालाई दिएको छ ।

प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेकी गुप्तालाई प्रदेश सभामा टिकट पाए पछि नेता साहले नेपाल सुशासन पार्टीबाट उम्मेदवारी दिएका हुन् ।
पार्टीमा रहेर लामो समय देखि काम गर्दै आएको तर अहिले पार्टीले मूल्यांकन नगरेको कारण पार्टी परित्याग गरी नेपाल सुशासन पार्टीबाट उम्मेदवारी दिएको साहले बताए ।
जसपाका प्रदेश कमिटी सदस्य समेत रहेका साहले आफनो क्षेत्रका जनताको माग र चाहना अनुसार पनि आफुले उम्मेदवारी दिएकाले जित सुनिश्चित रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्