एमालका उम्मेदवारसंग प्रेस चौतरी पर्साको अन्तक्रिया

मंसिर ४ गते हुने निर्वाचनमा प्रेस चौतारी पर्साले खेल्ने भुमिकाको बिषयमा छलफल भएको थियो

वीरगञ्ज – एमालका उम्मेदवार संग प्रेस चौतरी बिषयक अन्तक्रिया कार्यक्रम आज वीरगंजमा सम्पन्न भएको छ । प्रेस चौतारी नेपाल पर्साको अध्यक्ष श्याम बन्जाराको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा मंसिर ४ गते हुने निर्वाचनमा प्रेस चौतारी पर्साले खेल्ने भुमिकाको बिषयमा छलफल भएको थियो । सो अवसरमा एमालेको तर्फबाट पर्सा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभाका उम्मेदवार राजकुमार गुप्ता, ४ का प्रतिनिधि सभाका उम्मेदवार जालिम मियाँ, प्रदेश सभाका सदस्यका उम्मेदवारहरु बिचारी यादव,जयप्रकाश थारु,हरेराम पटेल, मन्जुर अंसारीले एमाले उम्मेदवारको पक्षमा प्रेस चौतारी पर्साले रचनात्मक भुमिका खेल्नुपर्ने धारणा राखेका थिए ।

नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा आयोजित कार्यक्रममा नेकपा एमाले पर्साका ईन्र्चाज प्रभु हजरा, नगर सचिव सुन्दर कुर्मी,नेता शम्भु गुप्ता, शिव पटेल,नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य केसी लामिछाने, कमल उपाध्याय लगायतकाले धारणा राखेका थिए । कार्यक्रमको सहजिकरण चौतारी पर्साका सचिव राजेन्द्र सिंहले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्