विना सूचना भत्ता रोकिदा शिक्षकहरु समस्यामा

नेपाल शिक्षक महासंघ पटेर्वा सुगौलीको अगुवाईमा पटेर्वा सुगौली गापा प्रमुख प्रशासकिय अधिकृत सन्देश कुमार यादवलाई सोमबार ज्ञापनपत्र बुझाइएको नेपाल शिक्षक संघ कार्य समितिका अध्यक्ष हरिराज प्रसाद यादवले वताउनु भएका छ ।

चिरञ्जीवी
पर्सा – पर्साको पटेर्वा सुगौली गाउँपालिका अन्तर्गत संचालित सामुदायिक विद्यालयहरुमा पालिकाको सहयोग बाट नियुक्ती गरिएका निजीस्रोतका शिक्षकहरुको विना सूचना श्रावण देखी असोज सम्मको भत्ता रोकिदा शिक्षकहरु समस्यामा परेका छन ।
नेपाल शिक्षक महासंघ पटेर्वा सुगौलीको अगुवाईमा पटेर्वा सुगौली गापा प्रमुख प्रशासकिय अधिकृत सन्देश कुमार यादवलाई सोमबार ज्ञापनपत्र बुझाइएको नेपाल शिक्षक संघ कार्य समितिका अध्यक्ष हरिराज प्रसाद यादवले वताउनु भएका छ ।
ज्ञापनपत्र बुझ्दै प्रमुख प्रशासकिय अधिकृत सनदेश कुमार यादवले इमानदारी पुर्वक विधालयमा काम गरेका निजी स्रोतका शिक्षकहरुको पारिश्रमिक गाउँकार्यपालिका र सरोकारवाला संग पहल गरेर रोकिएका तलब भत्ता दिने प्रतिकृया दिनु भएको हो । साथै पालिका अन्तर्गत कार्यरत कार्यालय सहयोगीहरुको तलब वृद्धि पनि गर्न समेत ज्ञापनपत्रमा मांग गरिएको नेपाल शिक्षक संघ कार्य समितिका अध्यक्ष यादवले वताउनु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्