गठबन्धनका कारण कतिपय योग्य साथीहरुलाई टिकट दिन सकिएन : कांग्रेस प्रवक्ता महत

प्रतिनिधि सभाको प्रत्यक्षतर्फ १६५ क्षेत्रमध्ये कांग्रेसले ९१ क्षेत्रमा उम्मेदवारी दिएको छ। अन्य क्षेत्रमा सत्ता गठबन्धनका चार दललाई छाडेको छ ।

काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले चुनावमा तालमेल गर्दा पार्टीबाट धेरै जनाले उम्मेदवारी दिन नपाएको बताएका छन् ।
प्रतिनिधि सभाको प्रत्यक्षतर्फ १६५ क्षेत्रमध्ये कांग्रेसले ९१ क्षेत्रमा उम्मेदवारी दिएको छ। अन्य क्षेत्रमा सत्ता गठबन्धनका चार दललाई छाडेको छ।
कांग्रेस प्रवक्ता महतले आज सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भने, ‘कतिपय साथी योग्य हुँदाहुँदै पनि टिकट दिन सकिएन । कांग्रेसले ९१ क्षेत्रमा उम्मेदवारी दिएको छ, अन्यत्र गठबन्धन गरिएको छ,’ उनले भने ।
उनले धेरै क्षेत्रमा उम्मेदवारी दिनुभन्दा पनि उम्मेदवारी दिएका सबै क्षेत्रमा जित्नुपर्नेमा जोड दिएका थिए ।
‘कांग्रेस धेरै कुरा गर्दैन, काम गरेर देखाउँछ। मौका पाउने वित्तिकै काम गर्छ। जनता र देशलाई केन्द्र बनाएर शासनसत्ता चलाउने मुल लक्ष्य छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्