५ वर्षभित्र निर्वाचन क्षेत्र नम्बर १ लाई कच्ची सडकमुक्त बनाउँछु : प्रदीप यादव

शुक्रबार वीरगञ्ज महानगरपालिकाको वडा नम्बर ३१ स्थित सोलखपुर र कोनिया टोलमा घरदैलोका क्रममा मतदाताहरुस्नाग कुराकानी गर्दै यादवले आगामी पाँच वर्षमा पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा पूर्ण रुपले कच्ची सडकलाई विस्थापित गर्दै पक्की नालासहितको सडक निर्माण गर्ने बताएका हुन् ।

वीरगन्ज – पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट जसपा – एमाले गठबन्धनका साझा उम्मेदवार प्रदीप यादवले आगामी पाँच वर्ष भित्र आफ्नो निर्वाचन क्षेत्रलाई कच्ची सडक मुक्त बनाउने बताएका छन् ।

शुक्रबार वीरगञ्ज महानगरपालिकाको वडा नम्बर ३१ स्थित सोलखपुर र कोनिया टोलमा घरदैलोका क्रममा मतदाताहरुस्नाग कुराकानी गर्दै यादवले आगामी पाँच वर्षमा पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा पूर्ण रुपले कच्ची सडकलाई विस्थापित गर्दै पक्की नालासहितको सडक निर्माण गर्ने बताएका हुन् ।

आफ्नो पाँच वर्षको कार्यक्रलामा रणनैतिक सडक, संसदीय विकास कोष र विभिन्न मन्त्रालय मार्फत योजनाहरु ल्याएर क्षेत्रका अधिकतम सडकलाई पक्की बनाएको दावी गर्दै यादवले भने, ‘वीरगञ्जलाई पूर्ण रुपले कच्ची सडक मूक्त बनाउने मेरो सपना अनुसार पाँच वर्षभित्र यहाँका लगभग सडकलाई पक्की बनाउने काम गरेको छु । बाँकी रहेका सडकहरुलाई पनि आगामी पाँच वर्षभित्रमा पक्की बनाउने म प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।’

सडक सञ्जालको विकासले ग्रामिण क्षेत्रका कृषिकको उत्पादन सहजै बजारसम्म पुग्ने, शिक्षा र रोजगारका लागि दैनिक रुपमा गाउँबाट शहर आउनेहरुलाई सहजता हुने भएकोले कच्ची सडकलाई प्राथमिकताका साथ पक्की बनाउन आफू लाग्ने यादवले बताए ।

‘सडक सञ्जाल राम्रोसँग विकास नहुँदा ग्रामिण भेगका कृषकहरुले उत्पादन गर्ने तरकारी, दुधलगायतका बस्तु समयमा बजार नपुग्दा उहाँहरुलाई सधै घाटा हुन्छ । त्यसमाथि कच्ची सडकमा दुर्घटना हुने सम्भावना पनि बढी हुन्छ,’ पूर्वमन्त्री समेत रहेका यादवले भने, ‘त्यस्तै शिक्षा र रोजगारका लागि दैनिक गाउँबाट आउनेहरुलाई सडक नहुँदा धेरै पिडा भोग्नु परेको हुन्छ । त्यसैले सबै सडकहरुलाई पूर्ण रुपले पक्की बनाउनु मेरो प्राथमिकता हो र आगामी पाँच वर्षमा म यो गरेर देखाउँछु ।’

प्रतिक्रिया दिनुहोस्