घरदैलो कार्यक्रममा कुर्मीको पक्षमा देखिएको जनलहर

 घरदैलोमा युवादेखि बृद्धहरुसम्मको व्यापक जनसहभागि

वीरगञ्ज - वीरगञ्ज महानगरपालिका क्षेत्र नम्बर २ मा जसपा– एमाले गठबन्धनका उम्मेदवारहरुले घरदैलो कार्यक्रम सम्पन्न गरेका छन। आज जसपा– एमाले गठबन्धनले क्षेत्र नम्बर २ को वीरगञ्ज १ नम्वर वडाको छपकैयामा घरदैलो कार्यक्रमको आयोजना गरेको हो ।

जसपा– एमाले गठबन्धनका क्षेत्र २ को प्रतिनिधीसभा सदस्य उम्मेदवार सुरेन्द्र कुर्मी र प्रदेशसभा सदस्य उम्मेदवार हरेराम पटेलले घरदैलो गर्दै मतदातालाई भेटेर छाता सुर्यलाई मतदान गर्न आग्रह गरे ।

उमेदवार घरदैलोमा आउँदा गठबन्धनबाट उम्मेदवारी दर्ता गराएका नेता कुर्मी र पटेल लोक प्रिय उम्मेदवार बन्दै गएका छन्। मतदाता माझ लोकप्रिय रहेका उमेदवारलाई छपकैयामा घरदैलो कार्यक्रमका बेला स्थानीयले भव्य रुपमा स्वागत गरेका छन्। यस क्षेत्रमा विकास र समृद्धिको लहर ल्याउने दुवै उमेदवारले प्रतिवद्धता जनाएका छन् ।


प्रतिनिधीसभा सदस्य उम्मेदवार कुर्मीले जनताको समस्या मेरो समस्या भएकोले यस क्षेत्रको समस्या हल गर्ने तथा विद्यार्थी,युवा तथा अग्रजहरुको सुख दुःख र समस्यामा सहयोग गरेको कारण जनताले आफ्नो अमूल्य मत दिएर जिताउने विश्वास व्यक्त गरेका छन् ।
अहिले कुर्मीेको घरदैलोमा युवादेखि बृद्धहरुसम्मको व्यापक जनसहभागिता देखिएको छ । जसपा– एमाले गठबन्धन पँक्ति कुर्मीले सहजै चुनाव जित्ने दाबी गरेको छ ।

सो क्षेत्रका बुद्धिजिवी तथा विद्धानहरुले पनि कुर्मीको पल्लाभारी रहेको बताउन थालेका छन् । कुर्मीले आफ्नो क्षेत्रको विकासको लागि व्यक्तिगत र पार्टीगत रुपमा निरन्तर योगदान पुर्याएकोले स्थानीयहरु कुर्मीलाई नै जिताउनुपर्ने आवाज उठाएका छन् ।

एक स्थानीयका अनुसार विगतका नेता आश्वासन मात्र दिने भएकोले त्यस्ता नेतामा विश्वास न गरी जसपा– एमाले गठबन्धनका उम्मेदवारलाई विजयी बनाउने बताएका छन् । चुनावी घरदैलो कार्यक्रममा हजारौ जसपा र एमालेका नेता कार्यकर्ताको सहभागीता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्