हरिनारायणका कारण “अप्ठ्यारोेमा” छोरी मधु गुप्ता

हाम्रो समस्या बुझ्नेलाई मात्र भोट दिन्छौं : मतदाताहरु

वीरगञ्ज - पर्सा निर्वाचन क्षेत्र नं. ३ को “ख” बाट एमाले जसपा गठबन्धनको प्रदेशसभा सदस्यको उम्मेदवार बनेकी डा. मधु गुप्ता कुर्मी आफ्नै कारण दिनप्रति दिन कमजोर बन्दै जान थालेको समाचार बाहिरिएको छ ।

गठबन्धन एमालेसँग गर्ने अनि सल्लाह, योजना तथा रणनीति निर्माणमा काँग्रेसीहरुलाई मात्र सहभागि गराउने गरेकोले भित्रका गोप्य सूचना काँग्रेस नेतृत्व तहमा पुगेपछि उनी कमजोर बनेको बताइन्छ ।

गुप्ता पूर्व सांसद हरिनारायण रौनियारको छोरी हुन् भने संविधान सभा सदस्य रामेश्वर रौनियारको पनि भतिजी हुन् । राजनीतिक रुपमा होमिएको भएपनि यतिबेला रौनियार कम्पनीको राजनीतिक विरासत कमजोर बनेको छ भने यसको फाईदा विपक्षीहरुलाई पुग्ने अनुमान लाग्न थालेको छ । यता बुबाको क्रियाकलापले गर्दा पनि डा. मधुलाई चुनाव जित्न धाउधाउ भएको छ ।

उनी माथि पप्पु कन्ट्रक्सनको बिल्ला लागेपछि मतदाताले उनीलाई मत नदिने देखिएको छ । पप्पु कन्ट्रक्सनका पूर्व सञ्चालक उनका बुवा हरिनारायण रौनियार हुन भने अहिले उनका भाई सुमित रौनियार पप्पुको सञ्चालक रहेका छन् ।

पप्पु कन्ट्रक्सनको नाम प्रदेश मधेशमा मात्र नभई नेपालभरी नै बद्नाम रहेको छ । पप्पुले कतिपय ठेक्का सम्झौता गरेर अधुरो काम छोडेका छन् भन्ने कतिको ठेक्का सकार गरी कमसल सामग्री प्रयोग गरी काम गरेका हुन् ।

२०७४ को प्रतिनिधि सभाको निर्वाचनमा क्षेत्र नं. ३ का जनताले हरिनारायण रौनियारलाई जिताएर पठाएको, तर त्यहीँ पप्पु कन्ट्रक्सनले गर्दा उनी निलम्बित भए । हरिनारायण निलम्बित भएपछि त्यस क्षेत्रको विकास जहाँको त्यहीँ बस्यो ।

त्यहीँ कारण यहीँ मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा एमाले–जसपाको गठबन्धनको प्रदेश सभा सदस्यको उम्मेदवार बनेकी डा. मधु आफ्ना बुवाका कारण जितबाट वर्जित हुन सक्ने आंकलन गरिएको छ । चुनाव नजिकदै जाँदा उनी अफ्नो बुवा र भाईसंगै जनताको घरदैलोमा जाँदा मतदाताले उनीलाई मत नदिने तर्क गर्दछन् ।

सो क्षेत्रका एक स्थानिय भन्छन्, “पहिला हरिनारायण रौनियारलाई जिताए, तर काम गरेनन् । अब अरुको टिकट छिनेर आफ्नो छोरीलाई चुनावमा लडाउँदै हुनुहुन्छ । हामीले कसरी मत दिने त उहाँलाई ?, न त हामीले उहाँलाई चिन्छौं, न त उहाँले हामीलाई चिन्नुहुन्छ । यसपालि हाम्रो गाउँ ठाउँमा भएका समस्या बुझ्नेलाई मात्र मत दिने पकाहामैनपुरका वासिन्दाहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्