एमाले महानगर कमिटीको प्रधानमन्त्रीलाई ध्यानाकर्षण

सरकारी कार्यालयहरुको बेथिती विरुद्ध अभियान चलाईने

सम्वादाता | २०८२ जेठ ७ गते ११: ०० मा प्रकाशित

वीरगञ्ज । वीरगञ्ज महानगर भित्रका सरकारी कार्यालयहरुका काम कार्यशैलीहरु प्रति नेकपा एमाले वीरगञ्ज महानगर कमिटीले पर्साका प्रम्ुख जिल्ला अधिकारी मार्फत नेपालका प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको छ ।
    नगर कमिटीका सदस्य एवम् अन्य पदाधिकारी सहित जिल्ला प्रशासन कार्यालय पुगेका नेकपा एमाले वीरगञ्ज महानगर कमिटीका अध्यक्ष नवराज शर्माले प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
    “जनअदालतबाट मुलुककै दोश्रो ठूलो दलका रुपमा अनुमोदित भएर वर्तमानमा सरकारको नेतृत्व गरेको दलको भूगोलमा कृयाशिल कमिटीले घटना र परिवेश टुलुटुलु हेरेर बस्न र बेथिती, अनियमिततामको परिदृष्यप्रति आंखा चिम्लेर हामीलाई समयले पनि दिंदैन । त्यो जनता प्रतिको अन्याय हो ।” ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
    पत्रमा जनसरोकारका कार्यालयहरु भ्रष्टाचार र अवैध कामबाट गन्हाएको जनाउंदै यस्ता सरकारी कार्यालयहरुले “म भ्रष्टाचार गर्दिन, गर्न पनि दिन्न” भन्ने प्रधानमन्त्रीको बोलीलाई ठाडो चुनौती दिईरहेको उल्लेख छ । गत वर्ष वडा नं. २२ को जगरनाथपुर टोलमा ४ विगाहा धानखेतमा आगलागी भएको तर त्यसको क्षतिपूर्ती किसानले नपाएको पत्रमा जनाईएको छ । लामो समयदेखि वीरगञ्जको वडा नं. २५ मा रहेको सुख्खा बन्दरगाहमा भएको अधिग्रहणको मुआब्जा वितरण नभएको जनाउंदै यथासिघ्र पीडित परिवारलाई मुआब्जा र क्षतिपूर्ती बारे समेत ध्यानाकर्षण गराईएको छ ।
    गृह प्रशासनको स्थानिय अंगबाट पर्सामा विशेषतः एमालेका स्थानिय नेता, कार्यकर्ता, शुभेच्छुकहरुले दुःख पाउन परेको जनाउंदै प्रशासनको यसप्रकारको शैली स्वीकार्य नरहेको उल्लेख गर्दै महानगरका सरकारी कार्यालयहरुका बेथितीहरुका विरोध गर्दै भ्रष्टहरुलाई पक्राउ गरी प्रशासनलाई बुझाउने अभियान चलाउने पत्रमा उल्लेख छ । त्यो अभियानमा जनतासंग जोडिएर जनताको सेवामा क्रियाशिल बनि रहंदा फसाउने नियतले चलाईने झुठा मुद्दा अन्य गर्न चाहेको बताउंदै कमिटीले सबैखाले अनियमितता बन्द गर्न चाहेको जनाईएको छ ।
    सो अवसरमा वीरगञ्ज महानगरपालिकाका पूर्व मेयर विजय कुमार सरावगी तथा पर्साका प्रहरी प्रमुखको समेत उपस्थिती रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्