चट्याङ लागेर बालकको मृत्यु

सम्वादाता | २०८२ जेठ ८ गते ०३: ५९ मा प्रकाशित

पर्सा । चट्याङले लागेर वीरगन्ज महानगरपालिकामा एक बालकको मृत्यु भएको छ । चट्यांङ लागि मृत्यु हुनेमा वीरगन्ज वडा नम्बर ३२ टेढा गाउँका भगन माझीका छोरा १५ वर्षीया शिवशंकर माझी रहेका छन् ।
    शिवशंकर घरमा सुतिरहेका बेला बुधबार बिहान ४ बजेतिर अचानक चट्याङ परेको थियो । लगत्तै उनलाई सास फेर्न गाह्रो भएको भन्दै घरबाट बाहि जान खोज्दा केही पर ५ १०÷१५ पाईला हिंडेपछि लडेर बहोश भएका थिए । स्थानिय स्वास्थ्यकर्मीले चेकजाँच गर्दा शिवशंकरको मृत्यु भइसकेको घोषणा गरेकोे प्रहरीले जनाएको छ ।
    मृतक शिवशंकरको शव पोष्टमार्टमका लागि वीरगन्ज नारायणी अस्पतालमा राखिएको प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्