चन्द्रीका देउवा प्रहरी महानिरिक्षकद्वारा पुरस्कृत

सम्वादाता | २०८२ जेठ ८ गते ०५: ३३ मा प्रकाशित

वीरगञ्ज । नेपाल प्रहरीले महिला प्रहरी जवान चन्द्रीका देउवालाई पुरस्कृत गरेको छ । 
    देउवाले जेठ ६ गते जिल्ला कैलाली गोदावरी नगरपालिका वडा नं. १ चैतन्यपुरको सडकमा प्रस्रव पीडाले छट्पटिएकी महिलालाई देखेपछि एक व्यक्तीको घरमा ल्याई सुरक्षित तरिकाले प्रसूती गराएकी थिईन ।
    आमा र बच्चाको ज्यान जोगाई प्रहरीको छविलाई उच्च बनाउन प्रशंसनीय भूमिका निर्वाह गरेको हुंदा अस्थायी प्रहरी बिट खैराना, कैलालीमा कार्यरत प्रहरी जवान चन्द्रीका कुमारी देउवालाई प्रहरी महानिरिक्षक दिपक थापाद्वारा पुरस्कृत गरिएको जानकारी नेपाल प्रहरीले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्