एमाले निकट निर्माण व्यवसायी परिषद् गठन

सम्वादाता | २०८२ जेठ ९ गते ०३: ३६ मा प्रकाशित

बीरगन्ज । नेकपा एमाले निकट नेपाल निर्माण उघोग परिषद् पर्साको प्रथम जिल्ला अधिवेशन शुक्रवार बीरगन्जमा सम्पन्न भएको छ । 
    नेकपा एमाले पर्साको सचिव महेश दासको प्रमुख आतिथ्यमा भएको अधिवेशनमा परिषद् को केन्द्रीय अध्यक्ष वली भद्र राना, महासचिव राम शरण देउजा, उप महासचिव पुष्कर न्यौपाने, कार्यालय सचिव बाल कृष्ण बुढाथोकी, नेपाल निर्माण व्यवसायी संघ पर्साको अध्यक्ष सुरेश कुर्मी ले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । 
    अधिवेशनले जले आलम अन्सारीको अध्यक्षता मा नेपाल निर्माण उघोग परिषद् पर्साको गठन गरेको छ । उपाध्यक्षमा बीरेन्द्र कुर्मी, सचिव भगवान प्रसाद कुर्मी, कोषाध्यक्ष सन्तोष कुमार गुप्ता र सदस्यहरुमा पन्नालाल राउत, सुरेश प्रसाद कुर्मी, विनोद कुमार यादव, चन्द्रशेखर प्रसाद यादव रहेको भएको जानकारी महेश दासले दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्