जिल्ला ट्राफिक कार्यालयद्धारा सचेतना कार्यक्रम

सम्वादाता | २०८२ जेठ १० गते ०३: ०७ मा प्रकाशित

बीरगंज । पर्सा जिल्लामा पछिल्लो समय बढ्दो सडक दुर्घटनालाई मध्यनजर गर्दै जिल्ला ट्राफिक कार्यालय पर्सा द्वारा बाटोमा चालकहरु संग सहकार्य गरी ट्राफिक सचेतना कार्यक्रम गरिएको छ ।
    वीरगञ्जस्थित घन्टाघर चोकमा सम्पन्न उक्त कार्यक्रमको मूल उद्देश्य सडक सुरक्षामा जनसहभागिता अभिवृद्धि गर्नु र ट्राफिक नियमप्रति समुदायलाई सचेत गराउनु रहेको थियो । कार्यक्रममा ट्राफिक नियम उल्लंघनका कारण, सवारी साधन चलाउँदा अपनाउनुपर्ने सावधानी, पैदल यात्रुको अधिकार, संकेत चिह्नहरूको प्रयोग र हेलमेटको अनिवार्यता जस्ता विषयहरूमा व्यापक चर्चा गरिएको थियो । कार्यक्रम जनमानसमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको थियो ।
    सडक दुर्घटनामा ज्यान गुमाउनेहरूको मुख्य कारण ट्राफिक नियमको अवज्ञा हो । यस्तो स्थितिमा समुदायमै पुगेर सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नु अत्यावश्यक रहेको ट्राफिक प्रहरी निरीक्षक लोकराभ भट्ट ले बताए । अन्य स्थानहरूमा पनि यस्ता कार्यक्रम विस्तार गर्दै लैजाने योजना रहेको भट्टले जानकारी गराएका थिए ।
    कार्यक्रममा पर्सा ट्राफिक प्रहरी प्रमुख लोकराज भट्ट, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख निरोज चौलागाईं, सञ्चारकर्मी, सुरक्षाकर्मी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्