प्रेस युनियनको स्थापना दिवस : अस्पतालमा फलफुल वितरण

सम्वादाता | २०८२ जेठ १८ गते ०१: ०९ मा प्रकाशित

बिरगंज l नेपाल प्रेस युनियनको ३४औं स्थापना दिवसको अवसरमा नेपाल प्रेस युनियन पर्सा शाखाद्वारा नारायणी अस्पताल, बिरगंजमा उपचाररत बिरामीहरूलाई फलफुल वितरण गरिएको छ।

कार्यक्रम अन्तर्गत अस्पतालका प्रसूति वार्ड, मेडिसिन वार्ड, आइसियु, सिसियु, पोष्टअप र सर्जिकल वार्ड लगायतका विभिन्न वडामा उपचार गराइरहेका दुई सयभन्दा बढी बिरामीहरूलाई फलफुल वितरण गरिएको प्रेस युनियन पर्साका अध्यक्ष विजय महतोले जानकारी दिए।

फलफुल वितरण कार्यक्रममा बिरगंज महानगरपालिकाका उपमेयर इम्तियाज आलम प्रमुख अतिथिका रूपमा सहभागी थिए। उनले बिरामीहरूसँग कुराकानी गर्दै उनीहरूको समस्या सुनेर तत्काल समाधानका लागि सम्बन्धित निकायलाई निर्देशनसमेत दिएका थिए।

कार्यक्रममा नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मी विशिष्ट अतिथि रहेका थिए। साथै, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य श्रीराम रायमाझी, नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनाल, नारायणी अस्पतालका वरिष्ठ चिकित्सक डा. उदनारायण सिंह लगायतको उपस्थिति रहेको उपमेयरका प्रेस सल्लाहकार महमद सदाबले जानकारी दिए।

स्थापना दिवसको अवसरमा आयोजित यस कार्यक्रममार्फत समाजसेवामा पत्रकारहरूको सक्रिय सहभागिता देखिएको छ।

प्रतिक्रिया दिनुहोस्