ट्राफिक सप्ताहको तेस्रो दिन सुरक्षा सन्देश अभियान जारी

सम्वादाता | २०८२ जेठ २५ गते ०५: ५७ मा प्रकाशित

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा सञ्चालनमा रहेको ट्राफिक सप्ताह २०८२ अन्तर्गत आज तेस्रो दिन पनि वीरगंजमा जनचेतनामूलक कार्यक्रमहरू मार्फत सडक सुरक्षाका सन्देश फैलाउने कार्य जारी छ ।
    अस्थाइ ट्राफिक प्रहरी पोष्ठ बसपार्कमा साप्ताहीक जेब्रा क्रसिङ, बाटो र सडक पेटी कार्यक्रम अन्तर्गत ट्राफिक सचेतना पर्चा पम्पलेट बितरण गरिएको थियोे । पर्साको मिलन चोकमा गुणनिधि खकुरेलको नेतृत्वमा जनचेतनामूलक कार्यक्रम मार्फत सडक सुरक्षाका सन्देश फैलाइएको छ ।
    कार्यक्रमको नेतृत्व जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक लोकराजभट्टले गरेका थिए । वीरगंजको अस्थायी ट्राफिक प्रहरी पोस्ट गण्डक, बसपार्क ट्राफिक पोस्ट लगायतका क्षेत्रमा आयोजित कार्यक्रममार्फत नागरिकहरूलाई ट्राफिक नियमबारे जानकारी दिइएको थियो । कार्यक्रम अन्तर्गत सवारी चालक र यालुहरूलाई पर्चा वितरण, सचेतन सम्बन्धि सन्देश मूलक स्टिकर टाँस्ने र ट्राफिक नियमको व्यवहारिक ज्ञान प्रदान गरिएको छ । 
    प्रहरी निरीक्षक भट्टका अनुसार ट्राफिक सप्ताहको अवसरमा आगामी दिनहरूमा वीरगंजका विभिन्न क्षेत्रमा थप सडक सुरक्षा सचेतना अभियानहरू सञ्चालन गरिने छ । प्रहरी कार्यालयले नागरिकको सहभागिता र सहकार्यमार्फत सुरक्षित र अनुशासित यातायात प्रणाली विकास गर्न ट्राफिक सप्ताहलाई अवसरका रूपमा लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्