पर्साको जमुनिया खोलाबाट अवैध रुपमा गिट्टी–बालुवा तस्करी, दुई ट्याक्टर प्रहरीद्वारा पक्राउ

सम्वादाता | २०८२ जेठ २७ गते ०५: १० मा प्रकाशित

वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ जमुनियास्थित जमुनिया खोलाबाट अवैध रूपमा गिट्टी र बालुवा उत्खनन गरी ल्याउँदै गरेका दुई ट्याक्टरलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।

आज बिहान ६ः३० बजे खटिएको प्रहरी गस्ती टोलीले प्रदेश २–०३–००१ त.१५७ नम्बरको महिन्द्रा ट्याक्टरमा गिट्टी लोड गरिए को र प्रदेश २–०३–००१ च –१२९२ नम्बरको सोनालिका ट्याक्टरमा बालुवा लोड गरिएको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका दुवै ट्याक्टरलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्