प्रजिअद्वारा वडा प्रहरी कार्यालय बिर्ताको निरीक्षण - अनुगमन

सम्वादाता | २०८२ जेठ २८ गते ०१: ४४ मा प्रकाशित

बीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख गणेश आर्यालले वडा प्रहरी कार्यालय बिर्ताको निरीक्षण तथा अनुगमन गरेका छन् । निरीक्षणको क्रममा उनले कार्यालयको प्रहरी कर्मचारीहरूको व्यक्तिगत टर्न आउट, मेश, व्यारेक भवन, प्रहरी कन्ट्रोल रुम, हिरासत कक्ष लगायत सम्पूर्ण शाखाहरूको स्थलगत अवलोकन गरेका थिए ।
    निरीक्षणको क्रममा प्रमुख जिल्ला अधिकारी आर्यालले कार्यालयमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई निर्देशन दिंदै सेवा प्रवाहमा पारदर्शिता, शिस्त, जनमैत्री व्यवहार र कर्तव्यनिष्ठा कायम राख्न विशेष जोड दिएका थिए ।
    कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गौतम मिश्रा र शस्त्र प्रहरी बल १३ गणका प्रमुख एसपी राधेश्याम धिमालको समेत उपस्थिति रहेको थियो । वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख निरोज चौलागाईंले निरीक्षणको क्रममा सहजीकरण गरेका थिए ।
    निरीक्षणले सुरक्षा प्रशासन तथा जनसेवामा थप प्रभावकारिता ल्याउने हुनाले यसलाई साकारात्मक कदमका रूपमा आम नागरिकले लिएकाछन् ।

प्रतिक्रिया दिनुहोस्