वीरगन्जमा रगतको अभाव, रक्तदानका लागि अनुरोध

सम्वादाता | २०८२ असार ३ गते ०१: ०७ मा प्रकाशित

बीरगञ्ज । बीरगन्ज आसपासको क्षेत्रमा रगतको अभाव देखिएकोले रक्तदान गर्नका लागि रक्तसञ्चार केन्द्र वीरगन्जले अपिल गरेको छ । 
    रक्तसञ्चार केन्द्र वीरगन्जमा कुनै पनि रक्तसमूहको रगत मौज्दात नरहेको बताउदै रक्तसञ्चार केन्द्रका प्रमुख सौरभराज पाण्डेले हाल केन्द्रमा ए पोजेटिभ, बी पोजेटिभ, ओ पोजेटिभ लगायत सबै समूहका रगतको माग उच्च रहेको छ। दिनहुँ १०० देखि १५० प्वाइन्टसम्म रगतको माग हुने गर्दछ । तर हाल जसलाई रगत आवश्यक छ, उसैले आफैं एकजना रक्तदाता ल्याएपछि मात्र रगत प्राप्त गर्न सक्ने अवस्था रहेको र जेठ महिनामा मात्रै १ हजार ७ सय ४६ प्वाइन्ट रगत वितरण गरिएको थियो। सामान्यतया मासिक रूपमा १ हजार ५ सय देखि १ हजार ८ सय प्वाइन्टसम्म रगत वितरण गरिने केन्द्रमा अहिले पूर्णरूपमा रगतको अभाव देखिएकोले रक्तदान गर्न सबैलाइ अपिल गर्नु परेको बताए ।
    आजै वीरगन्ज ३ का वडाअध्यक्ष बैजु स्वर्णकारले रक्तसञ्चार केन्द्रमा आएर रक्तदान गर्ने रक्तदाताहरुको लागी चिसो ब्यवस्थापन गर्न १.५ टनको एसि र स्टेबलाजर सहयोग हस्तान्तरण कार्यक्रममा पुगेका वडा ३ का वडासदस्य संगीता दास र चलचित्र महासंघ पर्साका अध्यक्ष सुर्य विक ले रक्तसञ्चार को रगत अभावको खबर सुनेर आकस्मिक रक्तदान पनि गरेका थिए ।
    सो अवसरमा नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति बृजकिशोर पटेल ,सदस्य दिनानाथ रौनियार,वडा ३ का सदस्य बरकतुन नेसा ,केन्द्रका प्राविधिक जितेन्द्र कुशवाहा लगायतको उपस्थिति रहेको थियो ।
    सो अवसरमा सभापति पटेलले रक्तदानले कसैको जीवन बचाउने भएकोले नै यसलाइ जिवनदान भनिन्छ र वीरगन्जका रक्तदाताहरुले रगतको अभाव हुदा अगाडि बढेर रक्तदान गरि मानवतालाइ बलियो बनाउने सुकार्य गरिरहेको र उप्रान्त पनि रगतको अभावलाई स्वतस्फूर्त रुपमा रक्तसञ्चारमा आएर होस या विभिन्न स्थानमा रक्तदान कार्यक्रमको आयोजना गर्नेमा आफू विश्वस्त रहेको भन्दै सम्पुर्णलाई हातेमालो गरि रक्तदान गर्न आग्रह पनि गर्नुभयो ।
    “रगत नपाएर दिनहुँ कैयौं सेवाग्राहीहरू रित्तै फर्किनुपरेको छ भने बिरामीका आफन्तले रक्तदाता खोजेर ल्याउनुपर्ने बाध्यतापुर्ण चिन्ताजनक अवस्था रहेको छ । अत्यधिक गर्मीका कारण रक्तदान कार्यक्रमहरू पनि अपेक्षाकृत कम भएकोले रगतको अभाव थप गहिरिएको छ ।” केन्द्रका सहायक राजन श्रीवास्तवले बताए ।
    यस सन्दर्भमा केन्द्रले सामाजिक संघ संस्थाहरु लगायत आम सर्वसाधारणमा रक्तदानका लागि विशेष अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्