वीरगञ्जमा आकस्मिक रक्तदान शिविर सम्पन्न

सम्वादाता | २०८२ असार ८ गते १२: १७ मा प्रकाशित

बीरगञ्ज । नेपाल रेडक्रस सोसाइटी, रक्तसंचार केन्द्र वीरगञ्जद्वारा पर्साको घन्टाघरमा आकस्मिक रक्तदान शिविरको आयोजना गरिएको छ । ’सेवा नै धर्म हो’ भन्ने मुल नाराका साथ आयोजित सो रक्तदान शिविरमा ७ जना रक्तदाताहरूले रक्तदान गरेका छन् ।
    कार्यक्रमको अध्यक्षता नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका सभापति बृज किशोर पटेलले गरेका थिए । कार्यक्रममा रेशमकोठि उपशाखाका युवा संयोजक अभिलाष गुप्ता, समाजसेवी प्रकाश थारु, रानीघाट उपशाखाका अध्यक्ष शतिश सिंह राजपुत, सौरभ राज पाण्डे, राजन श्रीवास्तव लगायतको उपस्थिति रहेको थियो ।
    गर्मीको मौसमसँगै बीरगञ्जमा रक्त अभाव देखिएको अवस्थामा जीवन रक्षाका लागि आकस्मिक रुपमा शिविरको आयोजना गरिएको आयोजकले जानकारी दिएका छन् । कार्यक्रममा रक्तदाताहरूलाई जीवनदायिनी योगदानका लागि धन्यवाद दिँदै, आगामी दिनहरूमा पनि यस्तै सहयोगको अपेक्षा गरिएको थियो ।
    रक्तदान गर्नेहरूमा प्रलहाद चौरसिया, सुमित आनन्द, दिपक सर्राफ, हृदयलाल पासवान, प्रदीप कुमार, सलमान हुस्दी र सागरमान राम रहेका छन् ।
    नेपाल रेडक्रस सोसाइटी वीरगञ्जद्वारा भविष्यमा समेत यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्