सशस्त्र प्रहरीद्वारा मानवसेवा आश्रममा अवलोकन तथा सेवा सहभागिता

सम्वादाता | २०८२ सावन २१ गते ०१: ०१ मा प्रकाशित

वीरगंज l सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा पर्साका प्रहरी उपरीक्षक (एसपी) पुरन चन्द भट्ट र सशस्त्र प्रहरी निरीक्षक (ड्राइपोर्ट) सुरेन्द्र राज खड्काको टोलीले वीरगंजस्थित मानवसेवा आश्रमको अवलोकन गर्दै सामाजिक उत्तरदायित्व निर्वाह गरेको छ।

उनीहरूले आश्रममा आश्रय लिएका वृद्धवृद्धासँग आत्मीय संवाद गर्दै बिहानको भोजन सेवामा सक्रिय सहभागिता जनाएका थिए। सेवा कार्यमा संलग्न हुँदै उनीहरूले भावनात्मक रूपमा समेत आश्रमवासीहरूसँग घुलमिल भई आत्मीयता प्रकट गरेका थिए।

अवलोकनका क्रममा दुबै प्रहरी अधिकृतले सामाजिक सेवामा व्यक्तिगत तथा संस्थागत रूपमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा मानवसेवा आश्रम वीरगंजका संस्थापक सदस्य देवेश गुप्ता, ओम कुमार झा, प्रमुख मुना मगर पुलामी, प्रदुमन सर्राफलगायतको उपस्थिति रहेको थियो।
यस कार्यक्रमले सुरक्षा निकाय र सामाजिक संस्थाबीचको सहकार्य र समर्पणलाई थप सुदृढ बनाउने विश्वास लिइएको छ।

प्रतिक्रिया दिनुहोस्