जेन–जी समूहद्वारा गृहमन्त्रीको ध्यानाकर्षण

वीरगंज : जेन–जी आन्दोलनकारी समूह, पर्साको एक टोलीले अन्तरीम सरकारका गृहमन्त्री ओम्प्रकाश अर्याललाई भेटेर आफ्ना मागहरु सहित ध्यानाकर्षण पत्र बुझाएको छ ।

ध्यानाकर्षण पत्रमा पछिल्लो समयमा देशका विभिन्न भागमा आन्दोलन भएको अवगत गराउदै नेपालको प्रवेशद्वारको रुपमा चिनिने वीरगंज नेपालको प्रत्येक परिवर्तनशिल आन्दोलनमा मुख्य साझेदार रहेको र इतिहासको प्रत्येक परिवर्तनमा वीरगंज र वीरगंजवासीको मुख्य भूमिका रहेको उल्लेख छ ।

पत्रमा जेन–जी आन्दोलनकारीहरुलाई विभिन्न पक्षबाट डर–धम्की दिई झुठा मुद्दा लगाई फसाउने काम हुनसक्ने देखिएकोले त्यस सम्बन्धमा निकायले आन्दोलनको क्रममा भएका घुसपैठको अनुसन्धान गरी दोषीलाई कानूनी दायरामा ल्याउन र जेन–जेड आन्दोलनकारीलाई झुठा मुद्दामा फसाउने काम नगरियोस् भनिएको छ ।

पत्रमा प्रत्यक्ष निर्वाचित राष्ट्र प्रमुख हुनुपर्ने, राजनैतिक नियुक्ति खारेज गरी योग्य तथा शिक्षितलाई जिम्मेवारी दिनुपर्ने, दलिय पेशागत स·ठन खारेज हुनुपर्ने, अख्तियार दूरुपयोगको ठाउ“मा नागरिक आयोग गठन गर्नुपर्ने तथा निर्वाचन प्रणाली पूर्ण समानुपातिक हुनुपर्ने माग गरिएको छ ।

सो अवसरमा सुधीर पटेल, बीरेन्द्र कण्ठ, महादेव कुर्मी, वसिम शेख, सन्जय श्रेष्ठ, शेख जमसेद, सागर यादव मुकेश यादव सहितका यूवाहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्