भ्रटाचार ढाकछोप गर्न गिरी भुमिगत, लेखा परिक्षकलाई समेत काम गर्न दिएनन्

खर्चमा मनोमानी

वीरगंज । कालिकामाई गांउपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमित गिरी भ्रष्टाचार लिलामा महारथ हासिल गरेको पाईएको छ । बिगत तिन आर्थिक वर्ष देखी गिरीले पालिकाको आयव्यव गोप्य राखेर स्थानिय नागरिक, कार्यपालिकाका साथै महालेखा परिक्षणको कार्यालयलाई समेत ढाटेर भ्रष्टाचार गरेको पाइएको छ ।

कालिकामाई गांउपालिकाको महालेखा परिक्षण प्रतिवेदनमा विगत तिन वर्ष देखी आन्तरिक लेखा परिक्षण नगरेको तथा कुनैपनि माध्यमबाट हरहिसाब सार्वजनिक नगरेकोमा अपारदर्शीता हटाई सार्वजनिक परिक्षण गरि पालिकाको आर्थिक कारोबारमा जवाफदेहिता र पारदर्शीताको प्रवर्धन गर्न अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतलाई महालेखाले निर्दिष्ट गरेको छ । महालेखाले पटक पटक पालिकाको आन्तरिक लेखापरिक्षण गर्न भन्दै आएपनि गिरीले आफ्नो भ्रष्टाचार ढाकछोप गर्न महालेखाले औल्याएको कमजोरीको समेत वास्ता नगरेको पाइन्छ ।

गिरीले भ्रष्टचार लुकाउन परिक्षकको जिम्मेवारी नै खोसे

एकातिर महालेखा परिक्षणको प्रतिवेदनमा कालिकामाई गांउपालिकाले आन्तरिक लेखा परिक्षण नगर्नु र बजेट खर्च सार्वजनिक नगरेकोमा जिम्मेवार हुन पालिकालाई निर्देशन गर्दै आएको छ । तर अर्कोतिर गिरीले पालिकामा कार्यरत स्थाई अडिटर (लेखापरिक्षक)को जिम्मेवारी नै खोसेर आन्तरिक परिक्षण गर्न दिएका छैन्न ।

कालिकामाईमा सुरेश यादव लेखापरिक्षकको रुपमा कार्यरत हुदापनि उनलाई गिरीले जिम्मेवारी दिएका छैनन् । यादवले तलब मात्र बुझेर बिनाकामको पालिकामा समय व्यतित गर्दै आएको एक कर्मचारीले जनाए । पालिकामै हरहिसाबको परिक्षण कार्य हुन थालेपछि आफ्नो पोल खुल्ने डरले कार्यालय प्रमुख गिरीले यादवलाई काम विहिन बनाएर खर्चमा मनोमानी गरिरहेको कर्मचारीहरुमा चर्चा छ ।

भ्रष्टाचार लुकाउन गिरी भुमिगत

बितेको ३ आर्थिक वर्षको कार्यभारमा रहेका अमित गिरीले पालिकावासीलाई आम्दनी र खर्च विवरण सार्वजनिक गर्न किन नचाहेका होलान ? यो प्रश्न उनको नियतमाथि शंका जन्माएको छ । यदि उनी इमानदार छन् भने, जनताको रकम कसरी खर्च भएको छ, त्यसको जानकारी दिन किन लुक्दै आएका छन् ?

यस्ता प्रशनहरुको जवाफ पालिकावासीले हाल खोज्दै छन् । तर गिरी कार्यालयबाट फरार रहेका छन् । पालिकाको परिषद यता गिरी कार्यालय गएका छैनन् । उनी भुमिगत रहेर कार्यालयको खरिद, बजेटको सम्झौता तथा खाता संचालनको कार्य गर्दै आएका छन् ।

जेनजी पुस्ताले गरेको भ्रष्टाचार विरुद्धको आन्दोलनले जनताको सेवा प्रदानमा कार्यालयबाट हुने वेथितीको अन्त्य गर्दै वर्तमान सरकारले विभिन्न निर्णय गरेपनि त्यो गिरीलाई छोएको छैन । उनी कार्यालय नगएको तिन महिना भन्दा बढी भएको छ । कार्यालय जादा जनताले हिसाब खोज्छन् भन्ने डरले उनी भुमिगत भएर कार्य गरिरहेका छन् । जेनजी आन्दोलन पछि बनेको नागरिक उत्तरदायी सरकारले गिरीलाई जिम्मेवार बनाउन सकेको छैन ।

दर्जनौं भ्रष्टाचार मुद्दामा मुछिएका गिरी

भ्रष्टाचार काण्डका दर्जनो मुद्दामा मुछिएका र कर्मचारी भित्र भ्रष्टाचार माफियाले प्रख्यात व्यक्ति गिरी कालिकामाई सहित पर्साको ५ वटा स्थानिय तह — पोखरिया नगरपालिका, जिराभवानी, जगरनाथपुर, बन्दिवासनी गांउपालिकामा प्रमुख प्रशासकिय अधिकृत रहेर दर्जनौं भष्टाचार कसुमा अख्तियारमा अनुसंधानको क्रममा रहेका छन् ।

बजेट दुरुपयोग र करार कर्मचारी भर्नाबाट रकम उठाउने कार्यमा माहिर गिरीको सम्पत्ति र भ्रष्टाचार काण्ड छानबिन गरी कार्यवाही नगरे वर्तमान सरकारले नागरिक स्तरबाट कार्यवाही गर्नुपर्ने आवाज कालिकामाई पालिकावासीले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्