हमार वीरगन्ज Admin

जिसस रौतहटमा गठबन्धन उम्मेदवार प्यानलसहित विजयी

२०७९ असार १२
१८ स्थानीय तहको कुल ३६ मत भएको निर्वाचनमा काँग्रेसबाट सभापति पदका उम्मेदवार​ रामअयोध्या यादवले कुल २६ मत प्राप्त गरी विजयी भए । त्यसैगरी उपसभापतिमा समाजवादीका महेश बैठा कुल २५ मत प्राप्त गरेर भए । सदस्यतर्फ काँग्रेसका अशोक कुमार झा, ईन्दु देवि, बिजुलिया पाश्वान र शेख मोज्जमिल जनही २५ मत प्राप्त गरेर विजयी भए ।

विद्यालयमा शिक्षक नहुँदा विद्यार्थीद्वारा तालाबन्दी २०७९ असार १२

आइतबार प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले विद्यालयको मुख्य प्रवेशद्वारमा तालाबन्दी समेत गरेका छन् । उनीहरुले सबै विद्यार्थी मिलेर विद्यालय बन्द गरेको, शिक्षक प्रयाप्त उपलब्ध गराउनुपर्ने, बिषयको अध्यापन हुनुपर्ने र शिक्षक समयमा आए पढाउनुपर्ने माग विद्यालयको मुख्य प्रवेशद्वारमा टाँसेका छन् ।