एक बजे हुने भनिएको पर्सागढीको नगरसभा अझै अनिश्चित
कार्यपालिका सदस्य अस्लम आलमका अनुसार मेयर पाठकले नीति तथा कार्यक्रम समेत सार्वजनिक गरेका छैनन् । छलफल नै नगरि एकलौटी रुपले आफू निकटका सदस्यलाई राखेर नगरसभा आयोजना गर्न लागेको आरोप लगाउँदै असन्तुष्ट पक्षले रोष्ट्रम घेराउ गरेका छन् । विषयगत समितिहरुमा समेत मेयर पाठकले आफू निकट वडाध्यक्ष र सदस्यलाई मात्र राखेका छन् ।