समाचार

अनुदान बक्यौता नपाएपछि रोकियो कृषि बिमाको दाबी भुक्तानी

२०८१ बैशाख १३
कृषि तथा पशुपक्षी बिमाको अनुदानबापत सरकारले बिमा कम्पनीलाई दुई अर्ब अनिवार्य रूपमा दिनुपर्नेछ । यो गत आव ०७९/८० माघयताको बक्यौता हो । सरकारले त्यो बक्यौता नदिएसम्म दाबी भुक्तानी दिन नसकिने कम्पनीले बताएका छन् । अन्य बिमाको दाबी भुक्तानी भने नियमित रूपमा अघि बढ्ने कम्पनीहरूको भनाइ छ । 

देशभर तापक्रम बढ्यो, तराईमा ‘लु’

२०८१ बैशाख ११
वैशाख–जेठमा विराटनगर, वीरगन्ज, जनकपुर, सिमरा, भैरहवा, नेपालगन्ज र धनगढीमा तापक्रम ४०–४४ डिग्री सेल्सियस पुग्ने गरेको छ । विश्वव्यापी तापक्रम वृद्धिका कारण पनि नेपालमा पछिल्ला दशकमा लु बढिरहेको ठानिन्छ । तर, कुन स्तरमा लु बढिरहेको छ भनेर सरकारी अध्ययन छैन । जल तथा मौसम विज्ञान विभागका मौसमविद् सुदर्शन हुमागाईं भने नेपालमा लु चलेको लेखाजोखा गत वर्षबाट मात्र गरिएकाले विश्वव्यापी तापक्रम वृद्धिसँग जोडेर हेर्न नमिल्ने बताउँछन् ।