हमार वीरगन्ज Admin

कक्षा १२ नतिजा आज सार्वजनिक हुने

२०७९ भदौ १४
साँझसम्म कक्षा १२ को नतिजा सार्वजनिक गर्ने गरी तयारी भएको बोर्डका एक सदस्यले जानकारी दिए।नतिजा सार्वजनिक गर्न बोर्डले दिउँसो साढे तीनबजे बोर्ड बैठक बोलाएको छ।बोर्डका प्रवक्ता जंगबहादुर अर्यालले कक्षा १२ को नतिजा प्रकाशन गर्ने उद्देश्यले बैठक बोलाइएको बताए।

वीरगञ्जबाट काठमाडौं जाने ट्रकबाट कपडा लुट्ने भट्ट पक्राउ २०७९ भदौ १४

वीरगञ्जबाट जादै गरेका ट्रकमा लोड गरिएका खुद्रा सामान र लत्ताकपडा पाँच महिना अघि पूर्व–पश्चिम राजमार्गको नयाँ बस्ती भन्ने ठाउँमा लुटिएको थियो ।ट्रक नियन्त्रणमा लिएर लत्ताकपडा चोरी गर्ने गिरोहका केहि व्यक्तिलाइ चितवन प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो । चितवन प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिको बयानको अधारमा मुख्य योजनकार भट्ट रहेको खुलेको जनाएको छ ।