हमार वीरगन्ज Admin

सिट बाँडफाँटमा गठबन्धनको जुट्ला त सहमति ?

२०७९ भदौ १७
‘कांग्रेस आफ्नो अडानबाट पछि हट्न तयार भएको छ। यसअघि सय सिट भनिरहे पनि ९० सिट लिन कांग्रेस तयार भएको हो,’ छलफलमा सहभागी एक नेताले भने,‘अब अरू दलले पनि आफ्नो अडान छाडे सहमति हुन्छ।’ कांग्रेस ९० सिटमा झर्न तयार हुँदा घटक अन्य दलले भने ८५ सिट लिन दबाब दिइरहेका छन्।

गम्भीर मुद्दाका अभियुक्त धमाधम उम्मेदवार सिफारिस २०७९ भदौ १७

संघीय समाजवादी फोरम नेपालका सांसद हरिनारायण रौनियार पनि अख्तियारको मुद्ध खेपिरहेका छन् । रौनियार बदनाम ठेकेदार कम्पनी पप्पु कन्स्ट्रक्सनका पुर्वअध्यक्ष हुन् । उनी कम्पनीको अध्यक्ष रहेका बेला बर्दियाको गुलरियामा पुल बनाउने क्रममा करोडौँको भ्रष्टाचार भएको भन्दै मुद्धा दायर भएको थियो । रौनियारविरुद्ध मात्र १९ करोड ३२ लाख २५ हजार ६ सय ९५ रुपैयाँ बिगो माग गरिएको छ । विशेष अदालतले यो मुद्धाको पनि फैसला गरेको छैन ।