पप्पु कन्स्ट्रक्सनको रजाइँले देशभर १८ अर्ब बढीका आयोजना अलपत्र
पप्पु कन्स्ट्रक्सन पूर्वसांसद एवं संघीय समाजवादी फोरमका नेता हरिनारायण रौनियारको हो। कालोसूचीमा परिरहँदा पनि राजनीतिक आड र भरोसाका कारण पप्पु कन्स्ट्रक्सनले सम्झौताअनुसार काम नगर्ने तथा गरेका काममा कमसल सामान प्रयोग गर्ने इन्जिनियर तथा मन्त्रालय सम्बद्ध कर्मचारी बताउँछन्। पप्पुलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले पटक–पटक कालोसूचीमा राख्दै आएको छ। पछिल्लो समय २०२३ फेब्रुअरी १६ सम्म पप्पु कालोसूचीमा परेको छ। जसका कारण पप्पुले नयाँ ठेक्का लिन पाउँदैन। तर, पुराना कामलाई निरन्तरता दिन पाउँछ।