हमार वीरगन्ज Admin

फागुन २७ देखि दोश्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगीता संचालन हुने

२०७९ फागुन २०
एक साता सम्म चल्ने फुटबल प्रतियोगीतामा ८ वटा फुटबल टिमले भाग लिने आयोजकले जनाएको छ । मधेश प्रदेशका विभिन्न जिल्लाका ६ वटा र बागमति प्रदेशका दुई वटा गरी ८ वटा टिमले भागले लिने भएका हुन ।

मुआब्जा माग गर्दै श्रीसिया खल्वाटोलाका स्थानीयले बुझाए ज्ञापन २०७९ फागुन १५

सुख्खा बन्दर्गाह विस्तारका लागि नेपाल सरकारले  अधिग्रहण गरेको ६२ विगाह जग्गा २०७३ सालदेखि नै खरिद विक्रि हक हस्तान्तरण हुन नसक्ने गरि रोक्का गरेको र २०७६ मा मुआब्जाका लागि मूल्यांकन तय गरिएको भए पनि उचित मुल्यांकन नभएको भन्दै चलनचल्तिको मुल्यांकन गरेर तत्काल मुआब्जा उपलब्ध गराउन स्थानीयले आग्रह गरेका हुन् ।