डा. चौरसियाले काठमाडौमा गरे ३ जनाको सफल किडनी ट्रान्सपलान्ट

मेदान्तामा सिनियर डाक्टरको रुपमा रहेको डा. चौरसियाले दिल्लीमा अन्दाजी ३ सयजना बिरामीहरुको किडनी ट्रान्सपलान्ट गरिसकेका बताए ।

काठमाडौं– वीरगज निवासी डा. बिधानन्द चौरसियाको नेतृत्व टोलीले १ महिना भित्र ३ जनाको सफल किडनी ट्रान्सपलान्ट गरेको समाचार प्राप्त भएको छ । युरो किडनी ट्रान्सपलान्ट सर्जन समेत रहेका डा चौरसियाको टोलीले काठमाडौ मेडिकल कलेज टिचिग हस्पीटल सिनामंगलमा उनीहरुको टा्रन्सपलान्ट गरेका थिए ।

शल्यक्रियापछि नियमित जाचको क्रममा आएका बिारमीहरु बिस्तारै सुधारमुख भईरहेको परिवार जनले जानकारी दिएका छन । बिरामीका कुरुवाका अनुसार किडनी दाता तथा लिने व्यक्ति अहिले पहिला जस्तो आफनो जिवनमा फर्की रहेको बताएका छन । लम्जुक निवासी ५० बर्षीय धनराज घलेको किडीनी ट्रान्सपलान्ट गरेपछि उनी सकुश घर फकिएको चौरसियाले बताए ।

 

घलेको श्रीमती होमकुमारी गुरुगले पुष २० गते आफनो किठनी डोनेसन गरि श्रीमानको जिन्दगी बचाएका थिए त् यसैगरि सप्तरी निवासी ३१ बर्षीय म। सजादलाई उनको श्रीमतीले आफनो किडनी दिएपछि उनको पनि मृर्गौला प्रत्यारोपन सफल भएको डा। चौरसियाले जानकारी दिएका छन ।

मधेश प्रदेशभरीमा एक मात्र युरो तथा किडनी ट्रान्सपलान्ट सर्जन रहेका हुन । भारतको दिल्ली मेदान्तमा अध्यण गरि विरगज निवासी डा. चौरसियाले अहिले सिता होस्पिटल संचालन गरि सेवा दिई रहेका छन ।

मेदान्तामा सिनियर डाक्टरको रुपमा रहेको डा. चौरसियाले दिल्लीमा अन्दाजी ३ सयजना बिरामीहरुको किडनी ट्रान्सपलान्ट गरिसकेका बताए । अहिले बिरामीको अवस्था समाय रहेको उनले बताए । नियमित आफु बिरामीलाई फलोअप गरिकेको तर कुनै किसिमको कठीनाई रहेको उनले संचारकर्मीहरुलाई जानकारी दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्