नेपाल रेडक्रस दिवसको अवसरमा निबन्ध प्रतियोगिता

निबन्ध प्रतियोगिताको शिर्षक कोभिड १९ संक्रमणमा जुनियर युवाको भुमिकाको वारेमा बिधालयबाट सहभागी भएका बिद्यार्थीहरुले निबन्ध लेखेका थिए

वीरगन्ज– ६० औं नेपाल रेडक्रस स्थापना दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखा अन्तरगत विद्यालयहरुको अन्तर विद्यालय निबन्ध प्रतियोगिताको आयोजना गरेको थियो । प्रतियोगिता जुनियररयुवा रेडक्रस समितिका सयोजक बिनोद गिरिको सभापतित्वमा भएको थियो भन्ने प्रमुख अतिथी नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाका सभापति बिरेन्द्र राज कँडेल रहनु भएको थियो ।

निबन्ध प्रतियोगिताको शिर्षक कोभिड १९ संक्रमणमा जुनियर युवाको भुमिकाको वारेमा बिधालयबाट सहभागी भएका बिद्यार्थीहरुले निबन्ध लेखेका थिए सहभागी हुनेमा श्री त्रिभुवन हनुमान मा।बि।, राम चरण साह पन्नालाल, त्रीजुद्ध मा।बि, नृसिह मा।बि लगायतको बिधालयका विद्यार्थीहरुको उपस्थित थियो भने रेडक्रस पर्सा शाखाका उपमन्त्री साबिर अहम्मद एराज, शिक्षक नायक उमेस गुप्ता, रामबाबू रौनियार, बसिर अहम्मद, निमित शाखा अधिकृत बिरसमसेर प्रसाद कुर्मी, कर्मचारि मिना क्षेत्री, लक्ष्मिनारायन राउत, रामनरेस यादव लगायतको उपस्थिति रहेको कुरा रेडक्रस पर्साका राजन श्रीवास्तवले जानकारी गराए ।

 

 

प्रतिक्रिया दिनुहोस्