कलमेगी चक्रवातका कारण बाढी आउँदा भियतनाममा ४० जनाको मृत्यु

हनोई (भियतनाम)/ मध्य भियतनाममा कलमेगी चक्रवातका कारण आएको एक हप्ता लामो वर्षा र बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ४० पुगेको अधिकारीहरूले मङ्गलवार बताएका छन् । उनीहरूका अनुसार अर्को शक्तिशाली आँधीले पनि यस क्षेत्रमा असर गर्ने पूर्वानुमान गरिएको छ ।

भारी वर्षाले सडकलाई नहरमा परिणत गरेको छ भने नदीको किनारहरू फुटेर केही ऐतिहासिक स्थलहरू डुबानमा परेका जनाइएको छ । २४ घण्टाको अवधिमा १.७ मिटरसम्म वर्षा भई राष्ट्रिय रेकर्ड तोडेको जनाइएको छ ।

पर्यावरण मन्त्रालयको विपद् व्यवस्थापन एजेन्सीका अनुसार ह्यु, दा नाङ, लाम डोङ र क्वाङ त्रि प्रान्तमा बाढीका कारण छजनाको मृत्यु भएको छ ।

राष्ट्रिय मौसम विभागका अनुसार टाइफुन कलमेगीले शुक्रवार बिहानमात्र अवतरण गर्ने र त्यस अघि निरन्तर मौसमी आक्रमण जारी रहने छ ।

भियतनाममा जून र सेप्टेम्बरबीच भारी वर्षा हुने गरेको तर वैज्ञानिकहरूले मानव–सञ्चालित जलवायु परिवर्तनको कारण मौसम बारम्बार विनाशकारी बन्दै गएको जनाएका छन् ।

दश टाइफुन वा उष्णकटिबन्धीय आँधीबेहरीले सामान्यतया एक वर्षमा भियतनामलाई कुनै न कुनै रूपमा असर गर्ने र टाइफुन कलमेगी सन् २०२५ नोवेम्बर –१३ तारिखमा आउने अनुमान गरिएको छ ।

आँधीले हाल फिलिपिन्समा प्रहार गरी कम्तिमा दुईजनाको ज्यान लिनुका साथै सयौं हजार विस्थापित गरेको जनाइएको छ ।

बिहीवार नजीकिंदै गरेको अर्को चक्रवातले १६६ किलोमिटर प्रतिघण्टा गतिका साथ भियतनामको तटमा प्रहार गर्न सक्ने राष्ट्रिय मौसम विभागले जनाएको छ ।

विपद् एजेन्सीका अनुसार बाढीका कारण लगभग ८० हजार घर प्रभावित भएका छन् भने १० हजार हेक्टरभन्दा बढी बाली नष्ट हुनुका साथै ६८ बढी गाईवस्तुको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्