भारतमा आतंकवाद विरुद्ध फतवा जारी

आतंकवादीको जनाजाको नमाज पढिने छैन

सम्वादाता | २०८२ जेठ ९ गते ०२: ३५ मा प्रकाशित
आतंकवाद विरुद्ध आफ्नो भनाई राख्दै इलियासी । तस्वीर – साभार

ग्वालियर, भारत । भारतमा आतंकवाद माथि एउटा ठूलो चोट गरिएको छ । अल इंडिया इमाम अर्गनाइजेशनका प्रमुख इमाम डा. उमर अहमद इलियासीले आतंकवाद विरुद्ध फतवा जारी गरेका छन् । उनले फतवा जारी गर्दै भनेका छन्, “भारतमा मरेका आतंकवादीको जनाजाको नमाज पढिने छैन । आतंकवादीहरुलाई भारतमा दफन गरिने छैन । आतंकी संगठनहरुले आफ्नो नामबाट इस्लाम र मोहम्मद जस्ता पवित्र शब्द पनि हटाउन् ।”
    इलियासीले लव जिहादको विषयमा समेत बयान दिएका छन् । उनले भने “सामाजिक विवाहले प्रगति हुन्छ । जिहाद शब्द नापाक हो, जुन विवाहमा फसाद फैलाउंछ, त्यसबाट बच्नु पर्छ । नाम र पहिचान लुकाएर यस्तो कार्य गर्नु हुंदैन । समाजमा खराब भन्दा असल मान्छेहरु बढी हुन्छन् ।”
    बलुचिस्तानको मागको विषयमा चीफ इमामले भने, “मुस्लिम समाज भारतको डिप्लोमेसी र बलुचिस्तानको साथमा छ । बलुचिस्तानको माग धेरै लामो समयदेखि भईरहेको छ । पाकिस्तानले अन्याय गरिरहेको छ , बलुचिस्तानको स्वतन्त्रताको समय आईसकेको छ । स्वतन्त्रता सबैको अधिकार हो । बलुचिस्तान स्वतन्त्र हुनुपर्छ ।
    यसैगरी शंकराचार्यको इस्लामलाई आतंकवादको धर्म सम्बन्धी बयान बारे बोल्दै उनले आतंकवादको धुनै धर्म हुदैन, आतंकवादी शैतान हुन र शैतानसंग शैतान सरहनै व्यवहार हुनुपर्ने बताए । जनसंख्या नियन्त्रण कानून र वक्फ कानून राष्ट्रिय विषय भएको बताउंदै इलियासीले भारत सरकारले ल्याउने कानून राम्रो हुने भनेका छन् । उनले विपक्षलाई सरकारले ल्याउने सबैको हित  हुने कानूनको बारेमा भ्रम नफैलाउन र सरकारलाई सहयोग गर्न अपील समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्