इरानको क्षेप्यास्त्र आक्रमण : इजरायलको सोरोको अस्पताल क्षतिग्रस्त

सम्वादाता | २०८२ असार ५ गते १२: ३५ मा प्रकाशित

एजेन्सी । इरानले प्रहार गरेको क्षेप्यास्त्रका कारण इजरायलको दक्षिण भागमा रहेको बीरशेबा शहरस्थित सोरोको अस्पताल भवन क्षतिग्रस्त भएको इजरायली अधिकारीहरूले जनाएका छन् ।
    द गार्डियन पत्रिकाले दिएको खबरअनुसार, आक्रमणका कारण मानिसहरू धूलो र धूवाँ भरिएको कोरिडोरको बाटो हुँदै भागेका थिए ।
    आक्रमणले अस्पताललाई पुर्याएको क्षतिका बारेमा मूल्यांकन भइरहेको र सर्वसाधारणलाई अहिले अस्पताल नआउन भनिएको अस्पताल प्रवक्ताले बताए । कतिजना मानिस घाइते भएका हुन् भनी खुलेको छैन ।
    आजैको दिन इजरायलका विभिन्न भागमा इरानी क्षेप्यास्त्र सिधै ठोकिएको र कैयौं ठाउँमा विस्फोटको आवाज सुनिएको इजरायली सञ्चारमाध्यमहरूले खबर दिएका छन् ।
राजधानी तेल अभिभ र जेरुसेलममा पनि विस्फोट भएका छन् ।

प्रतिक्रिया दिनुहोस्