वीरगन्ज महानगरपालिकाका पूर्व योजना प्रमुख एमालेमा प्रवेश

वीरगन्ज महानगरपालिकाका पूर्व योजना प्रमुख सुमन श्रेष्ठ शुक्बार एमालेमा प्रवेश गरेका छन्

वीरगन्ज–वीरगन्ज महानगरपालिकाका पूर्व योजना प्रमुख सुमन श्रेष्ठ शुक्रबार एमालेमा प्रवेश गरेका छन् । उमेर हदका कारण केही महिना अगाडि मात्र सेवानिवृत्त भएका श्रेष्ठलाई एमालेका पर्सा इन्चार्ज प्रभु हजरा, अध्यक्ष जयप्रकाश थारु, वीरगन्ज महानगरपालिकाका मेयरका उम्मेदवार विजय सरावगीले टिका लगाएर पार्टीमा स्वागत गरको थिए । वीरगन्ज नगरपालिका हुदा देखि अनुभव बटुलेका श्रेष्ठ वीरगन्जका चर्चित व्यक्तित्व हुन् । आसन्न स्थानीय तहको चुनाव अगाडि एमालेमा प्रवेश गरेपछि महानगरमा चर्चाको विषय बनेको छ । शुक्रबार एक कार्यक्रमकाबीच श्रेष्ठसंगै वीरगन्ज महानगरपालिका २ का म.दिसाद आलम लगायतका व्यक्तित्वहरुले एमाले प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्