वीरगन्जबाट काठमाडौं जादै गरेको ट्रकबाट १ लाख २० हजार क्याप्सुल ट्रामाडोल बरामद

राजस्व छलीको आशंकामा समातिएको मालवाहक ट्रक जाँच्दा प्रतिबन्धित औषधि फेला

वीरगञ्ज । पर्साको वीरगञ्जबाट काठमाडौं आउँदै गरेको मालवाहक ट्रकबाट ठूलो परिमाणमा प्रतिबन्धित औषधि ट्रामाडोल बरामद गरिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले २०८३ असार ८ गते साँझ करिब ७ बजेको समयमा राजस्व छलीको आशंकामा बा।प्र। ०३(००१ ख ३३४६ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएको थियो।

नियन्त्रणमा लिइएको उक्त ट्रकलाई आवश्यक जाँचका लागि बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका(१ स्थित राजस्व अनुसन्धान कार्यालय, पथलैयामा बुझाइएको थियो।

राजस्व अनुसन्धान कार्यालयमा ट्रकको जाँच गर्ने क्रममा १ लाख २० हजार ६२० क्याप्सुल ट्रामाडोल फेला परेको प्रहरीले जनाएको छ।

राजस्व छलीको आशंकामा नियन्त्रणमा लिइएको ट्रकमै प्रतिबन्धित औषधि भेटिनुले अवैध औषधि ओसारपसारको सञ्जाल सक्रिय रहेको संकेत गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको

प्रतिक्रिया दिनुहोस्