पूर्व प्रदेश प्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहर

सजाय निर्धारण असार ३२ गते

काठमाडौं । मधेस प्रदेशका पूर्व प्रदेश प्रमुख राजेश अहिराज (राजेश झा) जबरजस्ती करणी (बलात्कार) मुद्दामा काठमाडौं जिल्ला अदालतबाट दोषी ठहर भएका छन्।

न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले अभियोग पुष्टि गर्दै अहिराजलाई दोषी ठहर गरेको हो। अदालतले दोषी ठहर गरे पनि सजाय भने तत्काल निर्धारण गरेको छैन। कानुनी व्यवस्था अनुसार सजाय निर्धारणका लागि असार ३२ गते छुट्टै सुनुवाइ तोकिएको छ।

उक्त सुनुवाइमा अदालतले अपराधको प्रकृति, उपलब्ध प्रमाण तथा कानुनी व्यवस्थाको मूल्याङ्कनपछि कैद र जरिवानासम्बन्धी अन्तिम फैसला सुनाउनेछ।

पूर्व उच्चपदस्थ व्यक्तिलाई अदालतले दोषी ठहर गरेपछि उक्त मुद्दाले राजनीतिक तथा सामाजिक वृत्तमा समेत व्यापक चासो उत्पन्न गरेको छ।

प्रतिक्रिया दिनुहोस्