कुखुरा फार्ममा आगलागी हुदा ४ लाखको क्षति

कुखुरा फार्ममा आगलागी हुदा ४ लाखको क्षति

वीरगन्ज वीरगन्ज महानगरपालिका ३१ बेलवामा रहेको एग्रो पोल्ट्री फर्ममा शुक्रबार आगलागी भएको छ । स्थानीय अफताब आलमले संचालन गरेको उक्त पोल्ट्री फर्ममा मध्यान्ह १२ बजे आगलागी भएको थियो । फुसले छाएर बनाइएको एग्रो पोल्ट्री फर्ममा अचानक आगलागी हुंदा फर्मका एक हजार दुई सय चल्लाका बच्चा, चल्लालाई दाना खुवाउने भाडो ८० पीस पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरी चौकी मिलनचोकका प्रहरी सहायक निरीक्षक रामशरण क्षेत्रीले जनाए । प्रारम्भिक अनुसन्धानमा आगलागीले करिब ४ लाख रुपैया बराबरको  क्षति भएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्