दोस्रो बारा भेट्रान्स फुटबल प्रतियोगिता जेठ २७ देखि कलैयामा

सम्वादाता | २०८२ जेठ २४ गते ०३: १२ मा प्रकाशित

वीरगञ्ज । कलैया फुटबल क्लबको आयोजनामा दोस्रो बारा भेट्रान्स फुटबल प्रतियोगिता २०८२ यही जेठ २७ गतेदेखि असार ३ गतेसम्म बाराको सदरमुकाम कलैयामा आयोजित हुने भएको छ । 
    आज कलैया फुटबल क्लबको सचिवालयमा आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिता बारे जानकारी दिइएको छ । क्लबका अध्यक्ष अजयकुमार साहले प्रतियोगितामा नेपाल र भारतका गरी ८ टोलीहरूको सहभागिता रहने जनाएका छन् । प्रतियोगितामा सहभागी टोलिहरूमा क्रमशः कलैया फुटबल क्लब रातो, कलैया फुटबल क्लब निलो, कर्जन्हा भेट्रान (सिरहा), कमलडाँडा एफसी (हेटौंडा), एनएफसी (निजगढ), आरम्भ भेट्रान (वीरगञ्ज), वीरगञ्ज सिटी क्लब (वीरगञ्ज) र पटना सिटी भेट्रान क्लब (भारत) गरी जम्मा ८ टिम सहभागि छन् ।
    प्रतियोगितामा प्रथम हुने टोलिले ५१ हजार र द्वितीय हुने टोलिले २५,हजार ५ सय १ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिता अवधिभर दैनिक म्यान अफ दी म्याच, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर, टप स्कोरर, बेस्ट कोच र म्यान अफ द सिरिज पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
    कुल लागत १२ लाख ४५ हजार ५०१ रुपैयाँ अनुमान गरिएको प्रतियोगिता सफल बनाउन क्लबले व्यापक तयारी गरिरहेको जानकारी पत्रकार सम्मेलनमा दिइएको छ ।
    पत्रकार सम्मेलनमा खेलकुद विकास तथा संरक्षण समिति कलैयाका अध्यक्ष अनिल पाण्डे, रमेश साह कानु, रियाजुल, सन्दीप गुप्ता, अजय सर्राफ, विनोद तुलाधर, प्रमोद गिरी, दिपलाल साह लगायतको उपस्थिति रहेको थियो । प्रतियोगिता कलैया नगरपालिका–१ स्थित सिद्धेश्वर खेल मैदानमा आयोजना गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्